पुन: सागरमान ब्यञ्जनकारको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गर्दै ललितपुर महानगरपालिका-९, भोलागणेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.को १४औँ वार्षिक साधारण सभा २०८० मंसिर १६ गते शनिबार ज्यापू प्रज्ञा भवन, ललितपुरमा सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने उक्त समितिको उपाध्यक्षमा देेवेन्द्र व्यञ्जनकार, सचिवमा रविना व्यञ्जनकार , कोषाध्यक्षमा विजेन्द्र महर्जन र सदस्यमा शम्भुराम व्यञ्जनकार , सुशिल व्यञ्जनकार, आशामाया महर्जन , रोशन महर्जन र सुष्मा श्रेष्ठ हुनुहुन्छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संंयोजकमा सुरेन्द्र महर्जन तथा सदस्यमा गंगामान व्यञ्जनकार र उर्मिला घिमिरे निर्विरोध चयन हुनुभएको छ ।
साधारण सभाको सांसद प्रेमबहादुर महर्जनले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा सांसद महर्जनले उद्घाटन मन्तव्य व्यक्त गर्दै सहकारीमा सास्या देखिएको बेलामा पनि हिमनदी साकोस प्रगतिपथमा अगाडि बढेको देख्ता खुशी लाागेको बताउनुभयो । सहकारीमा देखिएका समस्या सहकारीकर्मीहरुले मिलेर समाधान गर्नु पर्ने बताउदै उहाँले हिमनदी साकोस जस्ता समुदायमा आधारित रहेर राम्रोसँग सञ्चालन भएका सहकारी संस्थामा कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.का बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसाथ गरी समुदायमा आधारित रहेर सञ्चालन भएका साकोसहरुको साथमा ललितपुर जिल्लन बचत संघ रहने बताउनुभयो । उहाँले सहकारीका विरुद्ध नियोजित ढंगबाट चलेका हल्लाको पछि नलगी आफ्नो संस्थामा सबै कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो ।
यसैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै ललितपुरकाबरिष्ठ उपाध्यक्ष सुशन महर्जनले उद्योग वाणिज्य क्षेत्र र सहकारीएक आपसमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
उक्त साधारण सभाको अध्यक्षता गरेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सागरमान व्यञ्जनकारले संस्थाको आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन प्रस्तुुत गर्दै २०६७ जेष्ठ २ गते हामीहरुको सामुहिक प्रयासबाट सहकारीको अन्तराष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तहरुको आधारमा छरिएर रहेको श्रोत र साधनहरुलाई एकीकृत गरी सदस्यहरुको सामाजिक, सांस्कृतिक एवं आर्थिक विकासका लागि स्थापना भएको हाम्रो यो संस्था सदस्य महानुभावहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनतले निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउनुभयो । सो संस्थाको गतिविधि र भावी कार्ययोजना बारे समेत चर्चा गर्दै उहाँले आर्थिक वर्ष २०७९/०८० मा यस संस्थामा महिला ७९३ जना, पुरुष ५१५ जना र संस्थागत ५ गरी जम्मा शेयर सदस्य संख्या १,३१३ , शेयर पूँजी रु.१,७५,०८,६०० , जगेडा कोष रु.१,५९,९०,७६०.५६ , ऋण लगानी कोष रु.४५,८५,९२०.९३, कुल निक्षेप रु.१०,२६,६८,०२०.५३ , कर्जा लगानी रु.१०,४५,४८,८४४ र कुल सम्पत्ति रु.१५,१२,५४,५४१.१५ रहेको बताउनुभयो ।
साधारण सभामा त्यसै संस्थाका कोषाध्यक्ष राजु शाक्यले संस्थाको २०७९/०८० को आर्थिक प्रतिवेदन र लेेखा सुपरीवेक्षण समिति संंयोजक सुशिल व्यञ्जनकारले संस्थाको आर्थिक वर्ष २०७९/०८० को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरिएको थियो ।
सो संंस्थाका प्रमुख कार्यकारी अधिकृत अशोक घिमिरेले संयोजनकारी भूमिका निर्वाह गर्नुभएको र ललितपुर महानगरपालिकाका शाखा अधिकृत चन्द्रलाल डंगोलको आतिथ्यता रहेको त्यस साधारण सभामा उक्त संस्थाका सञ्चालक समितिका पूूर्व पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।