हिमनदी साकोसको ५औँ अधिवेशन र १४औँ वार्षिक साधारण सभा आउदो शनिबार हुने

ललितपुरको भोलागणेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.को ५औँ अधिवेशन सहित १४औँ वार्षिक साधारण सभा २०८० मंसिर १६ गते शनिबार विहान १० बजे ललितपुुुरको भोलढ‍ोकास्थित ज्यापू समाज प्रज्ञा भवनमा हुने भएको छ । सो साधारण सभाको सांसद प्रेमबहादुर महर्जनले उद्घाटन गर्ने कार्यक्रम रहेको सोही संंस्थाका प्रमुख कार्यकारी अधिकृत अशोक घिमिरेले अलगपथलाई बताउनुभयो ।

समुदायमा आधारित रहेर राम्रोसँग सञ्चालन भइरहेको यो संस्थामा १,३२२ जना शेयर सदस्य र रु.१५ करोड ५० लाख कारोबार रहेको जनाइएको छ । यस संस्थाले हिमनदी स्मार्ट एप, हिमनदी एटीएम (ATM), हिमनदी कनेक्ट आईपीएस (IPS) मार्फत बैंक तथा अन्य सहकारी सहितका वित्तीय संस्थाको रकम आफ्नो खातामा सार्न सक्ने सुविधा , खल्ती तथा वेष्टर्न युनियन (Western Union) रेमिट सेवा सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेक‍ो छ ।

ललितपुर महानगरपालिकाका ११ वटा वडामा कार्यक्षेत्र रहेको यो संस्थामा हाल सागरमान ब्यञ्जनकारको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति , सुनिल ब्यञ्जनकारको संय‍ोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति र ९ जना कर्मचारी कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *