हेटौंडा उप-महानगरपालिकाको पहिलो महिला प्रमुख मीना, ६ पालिकाका प्रमुख र उप-प्रमुखमा पुरुष

हेटौंडा/ यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उप-महानगरपालिको प्रमुखमा नेकपा (एस)की मीनाकुमारी लामा विजयी हुनुभयो । देशभरका ११ वटा उप-महानगरपालिका मध्येमा महिलाको तर्फबाट उप-महानगरपालिकाको प्रमुख बन्ने लामा एक्लो महिला हुनुहुन्छ । उक्त उप-महानगरपालिकाकी नि:बर्तमान उप-मेयर समेत रहेकी सत्ता गठबन्धनकी मेयर उम्मेद्वार लामाले २३०७५ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अनन्तप्रसाद पौड्याले २१,९०८ मत प्राप्त गर्नुभएको छ ‌। उप-मेयर गठबन्धनका तर्फबाटै नेपाली कांग्रेसका राजेश बानिया ३२,५९३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सुमित्रा काफ्लेले २३,९०९ मत प्राप्त गर्नुभयो ।

हेटौडा उप-महानगरपालिकाको प्रमुखमा महिला उम्मेद्वार निर्वाचित भएपनि १० वटा पालिका रहेको मकवानपुर जिल्लाका ६ पालिकाका प्रमुख र उप-प्रमुख दुबै पदमा महिलाको उपस्थिति सुन्य देखिएको छ । मकवानपुरका बाँकी ३ वटा पालिकाको उप-प्रमुखमा भने महिला उम्मेद्वार निर्वाचित हुनुभएको छ ।

(कान्तिपुर दैनिकको सहयोगमा )

Leave a Reply