९८ जना सांसदद्वारा प्रधानन्यायधीश राणा बिरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं/ प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा बिरुद्ध ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको जानकारी प्राप्त भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको विरोधको कारण बिगत ३ महिनादेखि इजालास नबसेका र कानून व्यवसायी र न्यायधीशहरुको माग बमोजिम गत कार्तिक १५ गतेदेखि गोलाप्रथाबाट इजालास गठन गर्दै आएका प्रधानन्यायधीश जबरा बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा डा. मिनेन्द्र रिजाल , देव गुरुङ, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ लगायतका सांसदहरुले हस्ताक्षर गरेको बताइएको छ । आफू बिरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि २०७९ पुस २७ गतेसम्म सेवा अवधि रहेका प्रधानन्यायधीश जबरा निलम्वनमा पर्नु हुने भएको छ । जबरालाई प्रधानन्यायधीशबाट हटाउन नेपाल बार एसोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरुले गत कार्तिकबाट आन्दोलन गर्दै आएका छन् ।

प्रधानन्यायधीश जबरा निलम्बनमा पर्ने भएसँगै उहाँको विरुद्धको महाअभियोग प्रस्ताव संसदबाट टुङ्गो नलाग्दासम्म सर्वोच्च अदालतका बरिष्ठ न्यायधीश दीपककुमार कार्की कार्यबहाक प्रधानन्यायधीश बन्नु हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *