१ नं. प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १ नं. प्रदेश सभाबाट र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सभाबाट आज विश्वासको मत लिन लाग्नु भएको जनाइएको छ ।
१ नं. प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रीपरिषद बिस्तार
१ नं. प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रीपरिषद बिस्तार गर्नुभएको छ । मुखृयमन्त्री कार्कीले नेकपा (एमाले)का सोलुखुम्बु (ख)बाट निर्वाचित बुद्धिकुमार राजभण्डारी तथा नेकपा (माके)का मोरङ क्षेत्र नं. ६(क)बाट निर्वाचित जीवन आचार्य र तेह्रथुमको (ख) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईँलाई मन्त्री नियुक्त गर्नु भ एको जनाइएको छ । तीन मन्त्री थपिएसँगै १ नं. प्रदेशको मन्त्रीपरिषद ७ सदस्यीय बनेको छ ।