विद्युतीय, विद्युतीय उपकरण र उर्जा सम्बन्धी अन्तर्राष्ट्रिय प्रर्दशनी हुने

२०८० भाद्र १५ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा “नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कञ्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी (Nepal Electric Power and Lights and Nepal Consumer Electronics and Home Appliances Expo 2023) आयोजना हुने भएको छ । एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा. लि. (ई.टी.एस.आइ.पी.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेण्टस् प्रा.लि.को संयोजकत्वमा आयोजनामा यो प्रदर्शनी हुन लागेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का डाइरेक्टर सृजल भट्टराईले प्रेस विज्ञप्ति मार्फत जानकाी दिइएको छ । सो विज्ञप्तिमा अगाडि भनिएको छ ।

विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित प्रदर्शनी यो प्रदर्शनीको दोस्रो संस्करण हो । नेपालको पहिलो एक मात्र बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी हो ,जुन मिडिया स्पेस सोलुसन्स् (एम.एस.एस.) का साथै एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा. लि. (ई.टी.एस.आइ.पी.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेण्टस् प्रा.लि.को संयोजकत्वमा आयोजना हुन लागेको हो ।
नेपाल इलेक्ट्रिक इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कञ्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको छ – प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्दछ । यी उद्योग नेपालमा सबैभन्दा बढी माग भएका क्षेत्रहरूमध्ये एक हुन् र दक्षिण एसियाली क्षेत्रभित्र द्रूत रूपमा वृद्धि भइरहेका पनि छन् ।
नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२३ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो। इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको सङ्ख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ। उपभोक्ताहरूले प्रयोजन गर्ने इलेक्ट्रोनिक्स सामानहरू जस्तै एयर कण्डिसनर, इलेक्ट्रिक फ्यान र फ्रिजको माग बढेको छ ,जसका कारण पनि यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सरोकारवालाहरूको ध्यानाकर्षण हुनु आवश्यक छ । नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय उपमहाद्वीप (भारतवर्ष) का सरोकारवालाको सहभागिता उल्लेखनीय हुनेछ ।
विद्युतीय उपकरणहरूको हकमा नेपालमा घरघरमा लगभग सबै प्रकारका विद्युतीय उपकरणहरूको प्रयोग हुने गर्दछ । आम नेपाली जनमानसले घरका हरेक कुनामा विद्युतीय उपकरण प्रयोग गर्नै पर्ने हुन्छ । साथै हरेक क्षण संसारमा नयाँनयाँ विद्युतीय उपकरणहरूको आविष्कार तथा नयाँ र प्रभावकारी प्रयोगहरू पनि ल्याइँदै छन् । यस सिलसिलामा यो प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार पनि गराउनेछ ।
नेपालको अर्थतन्त्रमा उर्जा र उर्जा क्षेत्रको पनि महत्वपूर्ण भूमिका छ । बायोमास, तेल उत्पादन, कोइला, जलविद्युत र बिजुली नेपालमा उर्जाका प्रमुख स्रोतहरू हुन्। नेपालको विद्युतीकरण दर दक्षिण एसियाली क्षेत्रका अन्य देशको तुलनामा करिब ७६ प्रतिशत छ । नेपाल जलविद्युत, सौर्य, वायु, बायोग्यास र विभिन्न प्रकारका बायोमास उर्जा समावेश गरी नवीकरणीय उर्जाका स्रोतहरूले भरिपूर्ण छ ।
यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकहरूलाई प्रवेश निःशुल्क गराइएको छ र साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामाग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्य सहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइनेछ ।
नेपाल इलेक्ट्रिक इलेक्ट्रोनिक्स पावर लाइट तथा होम अपलायनसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि दर्ता खुला भइरहेको जानकारी गराउदछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *