सरकार सञ्चालन गरेको यो वर्षको राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रमको दोस्रो चरण अन्तर्गत देशभरका ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधी खुवाइदै छ । सरकारले आज र भोलि सञ्चालन गरेको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनृ कार्यक्रम अन्तर्गत वडा कार्यालयले तय गरेको नजिकको स्वास्थ्य चौकी,विद्यालय तथा सामुदायिक भवनमा लगेर ५ वर्षमुनिका नानीकाबुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सकिने बताइएको छ । यो कार्यक्रम अन्तर्गत २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ बालकालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको र यसका लागि देशभर ७५३ वटै स्थानीय तहमा आवश्यक बजेट व्यवस्था गरि ५२ हजार स्वास्थ्य स्वयंसेविका खटाइएको जनाइएको छ ।
सरकारले वि.सं.२०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम र वि.सं.२०५६ सालदेखि जुकाको औषधी खुवाउने कार्यक्रम शुरु गरेको थियो भनृ यी दुवै कार्यक्रम हरेक वर्षको कार्तिक २ र ३ गते तथा चैत्र ६ र ७ गते सञ्चालन हुदै आएको छ ।