आज राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औं स्थापना दिवस

ललितपुर/ आजबाट राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापना भएको २० वर्ष पूरा भएको छ । तत्कालीन दीपकप्रकाश बास्कोटा नेतृत्वको राष्ट्रिय सहकारी संघ लिमिटेडको विवेष पहरमा वि.सं.२०६० साल असार २५ गते स्थापना भएको यो बैंकले वि.सं.२०६१ साउन १७ गतेबाट वित्तीय कारोवार शुरु गरेको थियो । हाल मुख्य कार्यालय सहित ६८ वटा शाखा कार्यालयबाट आफ्ना सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ । यो अवधिमा राजेशहरि जोशी र रमेशप्रसाद पोखरेल यस बैंकको अध्यक्ष बन्नुभएको थियो भने हाल यो बैंकमा कृष्णबहादुर उप्रेतीको अध्यक्षतामा सञ्चालक समिति क्रियाशील छ । त्यस बैंकका संस्थापक अध्यक्ष राजेशहरि जोशीको गत वर्ष निधन भएको थियो । सो बैंकले आफ्ना संस्थापक अध्यक्ष जोशीको नाममा पुरस्कार कोष स्थापना गरेको सोही बैंकका सञ्चालक केदार मानन्धरको भनाई छ ।

सो बैंकको २०औं स्थापना दिवसको अवसरमा उक्त बैंकका अध्यक्ष उप्रेतीले त्यस बैंकका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , कर्मचारीहरु र सदस्य सहकारी संघ/संस्थाहरुमा शुभकामना दिदै यो बैंकको सेवालाई आझ थप गुणस्तरीय बनाउदै लैजाने बताउनु भएको छ ।

……………………………………………………………………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *