यही भदौ २८ र २९ गते काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारीमा दुई दिवसीय ऋण व्यवस्थापन तालिम सम्पन्न भयो । उक्त तालिमको कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदीले गर्नुभयो ।
यही भदौ २९ गते सो तालिमको समापन कार्यक्रम आयोजना गरियो । सोही कार्यक्रममा त्यस तालिममा सहभागीहरुलाई नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरुले प्रमाण-पत्र प्रदान गर्नुभयो । उक्त कार्यक्रमको अध्यक्षता गर्दै नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष पनेरुले हाम्रो बचत तथा ऋण हाम्रा सदस्यहरुको लागि हाम्रो तर्फबाट तयार गरिएका उत्पादित वस्तु एवम् सेवाहरु हुन्, जसको माध्यमबाट सदस्यहरुका वित्तीय समस्याहरुको समाधान र आवश्यकता परिपूर्ति भएको हुनुपर्ने भन्दै सदस्यहरुको बचतको सुरक्षा गरी प्रभावकारी ऋण परिचालन मार्फत स्थानीय उद्यमशिलता र रोजगारी प्रवद्र्धनको माध्यमबाट वित्तीय जीवन सुरक्षित र समृद्ध बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारी संघहरुसँगको सहकार्य सहकारीको स्थायित्व र क्षमता विकासको कडी हुने बताउँदै जोखिम न्युनिकरणका लागि सहकारी संघहरुले विकास गरेका कार्यक्रमहरुमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले त्यस अवसरमा स़ तालिममा सहभागी र प्रतिनिधि सहकारी संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यसै संघका तालिम अधिकृत लव सिंखडाले सञ्चालन गर्नु भएको सो समापन समारोहमा कास्कूनको कीर्तिपुर सेवा कार्यालयका प्रमुख सविना न्यौपाने, कार्यालय सहायक अनुज मगर लगायतको सहभागिता रहेको थियो ।
काठमाडौंको चावहिलमा केन्द्रीय कार्यालय तथा गोंगबु, कलंकी र कीर्तिपुरमा कास्कूनका सेवा कार्यालय सञचालनमा रहेका छन् ।