काठमाडौं चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा आफृनै भवनबाट सञ्चालन भइरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लि.को १४ वार्षिक साधारण सभा यही शनिबार सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष बटुकृष्ण थापाको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको बागमती प्रदेश सभाकी नि:बर्तमान सदस्य रमा आले मगरले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । उक्त अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यस खुसी खुसी साकोसले स्थापना भएको छोटो समयमा गरेको प्रगति देख्ता आफूलाई खुसी लागेको बताउनुभयो । उहाँले हाम्रो देशको सामाजिक तथा आर्थिक क्षेत्रमा सहकारीको महत्वपूर्ण योगदान रहेको भन्दै यस क्षेत्रको विकास र प्रवर्दन आवश्यक रहेकोमा जोड दिनुभयो । त्यसै सभामा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक तथा काठमाडौं बहुउद्देश्यीय सहकारी संघ लि. र तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष मनोज थापा मगर , हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नारायण महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।
सो सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष बटुकृष्ण थापाले




त्यस संस्थाको गतिविधि र समग्र वित्तीय अवस्था बारे प्रकाश पार्दै हाम्रो यस संस्थाले वित्तीय कारोवार पारदर्शी र प्रविधि मैत्री बनाएको बताउनुभयो । शेयर सदस्य महानुभावहरुको साथ र सहयोग तथा कर्मचारीहरु लगनशीलता र मेहनतले हाम्रो यस संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै उहाँले सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा चालु आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।
साधारण सभामा सोही संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई दोसल्ला ओडाएर सम्मान गर्नुका साथै वित्तीय कारोवार गर्ने शेयर सदस्यहरुमध्ये उत्कृष्ट ५ जना शेयर सदस्यहरुलाई असल सदस्य सम्मान सहित पुरस्कृत गरियो ।

त्यसै साधारण सभाको अवसरमा स्टार अस्पतालसँगको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिवीर सञ्चालन गरिएको थियो । उक्त स्वास्थ्य शिवीरमा स्टार अस्पतालका स्वास्थ्य विशेषज्ञहरुद्वारा सो संस्थाका शेयर सदस्यहरु, कर्मचारीहरु लगायतको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । गत वर्षदेखि सो संस्थाले स्टार अस्पतालसँग सहकार्य गरी आफ्ना शेयर सदस्य तथा कर्मचारीहरुको स्वास्थ्य उपचारमा विशेष छुटको व्यवस्था मिलाएको जनाइएको छ ।

काठमाडौंकोमा सञ्चालनमा रहेका उत्कृष्ट सहकारी संस्थाहरुमध्येमा सो संस्था रहन सफल भएको जानकारहरु बताउछन् ।