चेक क्लियरेन्स समस्या समाधानको लागि राष्ट्रिय सहकारी बैंकमा मेरो उम्मेद्वारी : मनोज भण्डारी

२०७९ पुस १६ गते हुने निर्वाचनमा राष्ट्रिय सहकारी बैंक लि.को सञ्चालक समितिको खुल्ला तर्फको सदस्य पदका उम्मेद्वार मनोज भण्डारीले राष्ट्रिय सहकारी बैंक लि.मा कायम रहेको चेक क्लियरेन्स जस्ता समस्या समाधानको लागि पहल गर्ने उद्देश्यले आफूले राष्ट्रिय सहकारी बैंक लिमिटेडको खुल्ला तर्फको सञ्चालक पदमा उम्मेद्वार बनेको बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले आफूले यस बैंकको सञ्चालक पदमा जितेमा छुट्टै कुप बैंक ऐन बनाउन र यो बैंकलाई थप मजबूत र मर्यादित बनाउन सक्दो प्रयास गर्ने बताउदै मतदाताहरुलाई आफूलाई मत दिएर विजय गराउन अनुरोध गर्नुभएको छ ।

आफ्नो कर्मले गतिशील र जुझारु सहकारी अभियान्ताको छवि निर्माण गरेका भण्डारी गोंगबुमा केन्द्रीय कार्यालय तथा टोखा र जरङ्खुमा रहेको सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्ष तथा जिल्ला सहकारी संघ लि., काठमाडौंको महासचिव हुनुहुन्छ । सहकारीका अतिरिक्त सामाजिक सेवामा समेत योगदान पु-याएका भण्डारी अध्यक्ष रहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले निरन्तर प्रगति गरेर यो संस्थाको सहकारी क्षेत्रमा छुट्टै परिचय निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *