जिल्ला सहकारी संघ लि.,ललितपुरको नयाँ नेतृत्वको लागि निर्वाचन सम्पन्न

ललितपुर/ जिल्ला सहकारी संघ लि.,ललितपुरको ३०औं वार्षिक साधारण सभा ललितपुरमा आज सम्पन्न भयो । सोही साधारण सभा अन्तर्गत सो संघको नयाँ नेतृत्व चयनको लागि आज दिउसो निर्वाचन सम्पन्न भयो । जिल्ला सहकारी संघ लि.,ललितपुरको सहकारी प्रवर्द्धन भवनमा अहिले उक्त निर्वाचनको मतगणना जारी रहेको जनाइएको छ ‌। सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्य गरी १९ सीटका लागि नेपाली कांग्रेसका केदार गोर्खाली श्रेष्ठको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माके) र नेकपा (एस)को गठबन्धनका उम्मेद्वार र राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक राजेन्द्र पौड्याल नेतृत्वको नेपाली कांग्रेसको विद्रोही प्यानलका गरी ३८ जनाको उम्मेद्वारहरु चुनावी मैदानमा खडा भएपछि निर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *