जिल्ला सहकारी संघ लि.,ललितपुरको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा गोरखाली प्यानल विजयी

ललितपुर / आइतबार भएको जिल्ला सहकारी संघ लि.,ललितपुरको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनमा नेपाली कांग्रेसका केदार गोरखाली नेतृत्वको संयुक्त प्यानल निर्वाचित भएको छ । ४३२ जना मतदातामध्ये ४२२ जना मतदाताले गरेको मतदानमा नेपाली काग्रेस , नेकपा (एस), नेकपा (एमाले) र नेकपा (माके)को संयुक्त प्यानलसँग प्रतिस्पर्धा गरेको नेपाली काग्रेस भित्रको राजेन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षको प्यानलले पराजयका बाबजुद सम्मानजनक मत प्राप्त गरेको देखिएको छ । निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा केदार गोरखाली, उपाध्यक्षमा रामशरण बस्नेत, महिला उपाध्यक्षमा शशि खड्का गुरुङ , सचिवमा अनिल वीर बज्राचार्य , कोषाध्यक्षमा रुपेश तिमिल्सिना तथा सञ्चालक सदस्य (महिला)मा सुष्मा भुजेल महर्जन , इन्द्रकुमारी थापा , शान्त लक्ष्मी खड्गी , सर्मिला सिंह र सर्मिला तिमिल्सिना , सञ्चालक सदस्य (संघ) मा पुरुषोत्तम बजगाईँ (निर्विरोध), सञ्चालक सदस्य (खुल्ला) मा नवराज विष्ट , शम्भुप्रसाद पौडेल, रामभक्त महर्जन, किरण महर्जन र रामगोपाल महर्जन निर्विचित हुनु भएको छ । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा उपेन्द्र अवाले तथा सदस्यमा बद्रीप्रसाद सञ्जेल र महेन्द्रकुमार महर्जन विजयी हुनुभयो ।

विजयी उम्मेद्वारहरुलाई सोही संघका नि:बर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लि.का नि:बर्तमान सञ्चालक माधव दुलाल, पर्यटन केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष तथा बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे ,राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाई , नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघ लि.का सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघ लि.,ललितपुरका अध्यक्ष शरदकुमार महर्जन लगायतले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गर्नुभयो ।

Leave a Reply