जिल्ला सहकारी संघ लि.,ललितपुरकी उपाध्यक्ष खड्कालाई प्रवल जनसेवा श्री बिभुषण

जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरकी उपाध्यक्ष तथा लंलितपुरको झरुवाराशीस्थित सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष शशि खड्का गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रवल जनसेवा श्री विभुषणबाट सम्मानित हुनुहुने भएको छ । संविधान दिवसको अवसरमा आज सहकारी क्षेत्रमा उहाँले पु-याएको योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा उहाँलाई राष्ट्रपति भण्डारीबाट सो बिभुषणले सम्मान गर्ने घोषणा गरिएको हो । उहाँसँगै सहकारी क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीलाई सोही बिभुषणबाट सम्मान गरिने घोषणा गरिएको छ ।

सहकारी क्षेत्रका साथै उहाँ राजनीति र समाजसेवामा समेत उहाँ क्रियाशील हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *