दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को २४औं वार्षिक साधारण सभा यही मंसिर २४ गते शनिबार यचु पार्टी प्यालेस, शंखधर चोक , भक्तपुरमा सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष हरि बल्लको प्रमुख आतित्थ्यता रहेको थियो । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि बल्लले महिला दिदी बहिनीहरुले सञ्चालन गरिरहेको यो दक्षिण बाराही महिला साकोसले सहकारीका ७ वटै सिद्धान्तलाई आत्मसाथ गरेको र यस संस्थाका सबै सूचकाङ्क राम्रो रहनुका साथै यो संस्थाको नियमित बचत र बाल बचत त झनै राम्रो रहेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले भक्तपुरको सहकारी अभियान राम्रोसँग अगाडि बढिरहेको प्रसङ्ग उल्लेख गर्दै सहकारीको सिद्दान्त, मुल्य र मान्यता अनुरुप समुदायमा आधारित रहेर सञ्चालन भएका सहकारी संस्थाहरु राम्रोसँग अगाडि बढिरहेको बताउनुभयो । साधारण सभाको अध्यक्षता गर्दै उक्त संस्थाकी अध्यक्ष ढुंगेलले ‘महिलाहरुको आर्थिक , सामाजिक र सांस्कृतिक परिवर्तनको लागि दक्षिण बाराही’ मूल नारा लिई स्थापना भएको हाम्रो यो संस्था सहकारीको सिद्धान्त, मुल्य र मान्यता तथा राज्यका नियामक निकायले समय -समयमा जारी गरेका नीति र निर्देशनलाई पालना गरी शेयर सदस्य ज्यूहरुको मर्म र भावना अनुसार राम्रोसँग अगाडि बढिरहेको बताउनुभयो । साधारण सभामा सो संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले संस्थाको सञ्चालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन , कोषाध्यक्ष तारा सापकोटाले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण सभितिकी संयोजक सिर्जना थापा खड्काले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भयो । ती प्रतिवेदनहरु माथि शेयर सदस्यहरुले छलफल गरी साधारण सभाबाट पारित गरिएको थियो ।

साधारण सभामा त्यसै संस्थाका जेष्ठ शेयर सदस्यहरु मनकुमारी भण्डारी, कृष्णकुमारी ओझा, मायाकुमारी कार्की, बसुन्धरा थापा र जयन्ती ढुंगेललाई सम्मान गरियो । त्यसैगरी सभामा एकल तथा स्व-निर्भर महिला सम्मानबाट चन्द्रकुमारी बिश्वकर्मा, सुशला मिजार, नानु सिलवाल, गौरी कार्की, बुद्धि माया खत्रीलाई सम्मान गरियो । त्यस्तै साधारण सभामा सो संस्थामा अधिकतम शेयर रहेका सदस्यहरु मध्ये मुना ढुंगेल, ऐच्छिक बचत अन्तर्गत मैया थापा मगर , आवधिक बचत अन्तर्गत कान्छी त्वायना, खुत्रुके बचत तर्फ अप्सरा ढुंगेल , उत्कृष्ट बचतकर्ता मिनकुमारी भण्डारी र असल ऋणी माया मंग्रान्तीलाई सम्मान गरिएको छ । साधारण सभामा बाल बचतकर्ता उत्सव अधिकारी र दित्या एस थापा तथा संस्थाको सदस्य बृद्धी तर्फ रीता के.सी. र शारदा खनाल काफ्लेलाई सम्मानित गरिएको छ । साधारण सभामा शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७८ सालको एस.ई.ई.मा उत्कृष्ट जी.पी.ए.का साथ उत्तीर्ण हुने आश्विन के.सी. र दिपिका अधिकारीलाई संस्थाको एस.ई.ई. सम्मानबाट सम्मानित गरिएको छ ।
यस्तैगरी साधारण सभामा सो संस्थाका पूर्व सञ्चालकहरुलाई पनि सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा पार्वती अधिकारी, पूजा रोका छेत्री थापा र रमिला दवाडी ढुंगेल हुनुहुन्छ भने संस्थाको सक्रिय उप-समिति पुरस्कारबाट शिक्षा उप-समिति संयोजक शारदा खनाल काफले तथा सदस्यहरू करुणा विष्ट थापा र मीरा सिलवालका साथै कर्मचारीहरु सम्मानित हुनुभएको छ ।




उक्त संस्थाकी उपाध्यक्ष शारदा थापाले स्वागत र व्यवस्थापक दीपा श्रेष्ठ क्षेत्रीले सञ्चालन गर्नुभएको उक्त साधारण सभामा राष्ट्रिय सहकारी बैंक लि.की सीता भट्टराई, नारी सेवा बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष सहना पसखल, गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष विकास खड्का , अमरजोति बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दामोदर न्यौपाने, सुमधुर बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष नरबहादुर घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

त्यसै अवसरमा साधारण सभामाकी अध्यक्ष ढुंगेलले प्रमुख अतिथि बल्ललाई मायाको चिनो प्रदान गर्नुभयो ।
