पारिजात साकोसको १६औँ स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुरको सूूर्यविनायक नगरपालिका-५, कटुञ्जेमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पारिजात बचत तथा ऋण सहकारी संंस्था लि.को १६औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० भदौ ७ गते बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । सोही संंस्थाको आय‍ोजना र नेेपाल रेेेडक्रस स‍ोसाइटी, रक्त सञ्चार केन्द्र ,भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६१ जना रक्तदाताले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई त्यसै संंस्थाका नि: बर्तमान अध्यक्ष तथा जिल्ला सहकारी संघ लि.,भक्तपुरका लेखा सुपरीवेक्षण समितिका संय‍ोजक ध्रुवबहादुर रायमाझीले धन्यबाद सहित प्रमाणपत्र प्रदान गर्नुभयो । उक्त संंस्थाको आफ्नै भवनमा सम्पन्न रक्तदान कार्यक्रमम सो संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति , सल्लाहकार समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । उक्त रक्तदान कार्यक्रमलाई सफल पार्न सहय‍ोग गर्ने सबैलाई आय‍ोजकले धन्यबाद ज्ञापन गरे ।

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको उसका सुचकाङ्कहरुबाट देेखिएको छ । गत असार मसान्तसम्म यस संस्थामा २ हजार ६ सय ५८ जना शेयर सदस्यको रु.११ करोड २६ लाख शेयर पूजी , रु.६५ कर‍ोड २२ लाख बचत संकलन , रु.७५ करोड ५५ लाख ऋण लगानी तथा ६ करोड ७७ लाख संस्थागत पूँजी रहेको र जगेडा तथा अन्य क‍ोष मा रु.७ कर‍ड ८८ लाख रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *