पोखरा रोयल साकोस आजबाट २१औं वर्षमा प्रवेश

पोखरा/ कास्की जिल्लाको पोखरा महानगरपालिका -१०, बुद्धचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.स्थापना भएको आजबाट २० वर्ष पूरा भएको छ । आफ्ना शेयर सदस्यहरुको मर्म र भावनालाई आत्मसाथ गरी सञ्चालन भइरहेको यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ । यस संस्थाले आफूलाई कास्की जिल्ला भित्र अरब भन्दा माथि कारोबार गर्ने सहकारी संस्थाको सूचीमा आफूलाई उभ्याएर सहकारी क्षेत्रमा आफ्नो अलग्गै परिचय बनाएको देखिएको छ । यसै संस्थाको सहयोगमा उसको आफ्नै कार्यालय भवन छेउमा सोही संस्थाका ३२ जना महिला शेयर सदस्यले स्तरीय किचन सञ्चालन गरिरहेका छन् । जो त्यस क्षेत्रकै नमुना किचनमध्येको एक मानिन्छ ।

सो संस्था २१औं वर्षमा प्रवेश गरेको उक्त संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ (मैना) र प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले सोही संस्थाका सञ्चालक समिति , देखि सुपरीवेक्षण समिति तथा उप-समिति का पदाधिकारी तथा सदस्यहरु , शेयर सदस्यहरु , कर्मचारी तथा सुभेच्छुक हरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *