बलम्बु च्याउ सहकारी संस्था लि.को सम्बृद्ध सेवाकेन्द्र थाहा नगरपालिकामा

काठमाडौं/ काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा मुख्य कार्यालय रहेको बलम्बु च्याउ सहकारी संस्था लि.को सम्बृद्ध सेवाकेन्द्र मकवानपुरको थाहा नगरपालिका-६ मा सञ्चालनमा आएको छ ‌।

यही साउन ४ गते थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले सो सेवाकेन्द्रको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले बलम्बु च्याउ सहकारी संस्था लि.को यो सेवाकेन्द्र मार्फत यस क्षेत्रमा आर्थिक तथा सामाजिक क्षेत्रमा बलम्बु च्याउ सहकारी संस्था लि.ले महत्वपूर्ण योगदान गर्ने आशा व्यक्त गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नु भएको थियो । त्यस अवसरमा बलम्बु च्याउ सहकारी संस्था लि.का अध्यक्ष अमर सिंह महर्जनले

सो संस्थाको गतिविधिको बारेमा प्रकाश पार्नु भएको थियो । सोही अवसरमा थाहा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष सहित नवनिर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी थाहा नगरपालिकाका जनप्रतिनिधिहरु तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा उक्त संस्थाका सदस्यहरु लगायतको उत्साहजनक उपस्थिति रहेको जनाइएको छ ‌।

बलम्बु च्याउ सहकारी संस्था लिमिटेडले च्याउ उत्पादन तथा च्याउको अध्ययन अनुसन्धानमूलक क्रियाकलाप गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *