काठमाडौं/ बागमती प्रदेश सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयले बचत तथा ऋण र बहुउद्देश्यीय विषयका सहकारी संस्था दर्ता रोकेको जनाएको छ । सोही मन्त्रालयका शाखा अधिकृत खगेन्द्र पौडेलद्वारा हस्ताक्षरित पत्रमा बचत तथा ऋण र बहुउद्देश्यीय विषयका सहकारीको नियम कानुन परिमार्जन र थप कार्यविधि निर्माण गर्नु पर्ने भएकोले सो अवधिसम्मको लागि बचत तथा ऋण र बहुउद्देश्यीय विषयका सहकारी संस्थाको दर्ता बन्द गरेको उल्लेख छ । बिभिन्न प्रकृतिका ३२९ वटा सहकारी संस्था दर्ता बागमती प्रदेशमा दर्ता भएका र तिनीहरु दर्ता हुँदाको उद्देश्य अनुरुप सञ्चालन भए नभएको बारे अनुगमन गर्ने उक्त प्रदेशको सहकारी महाशाखाले जनाएको छ ।

यता बागमती प्रदेश अन्तर्गतका सहकारी संघ/संस्थाले हेटौंडामा विवरण बुझाउन जान समस्या भएकोले यस अगाडि गरिएको घोषणा अनुसार जति छिटो बागमती प्रदेश सहकारी महाशाखाको सम्पर्क कार्यालय काठमाडौ उपत्यकामा सञ्चालनमा ल्याउन माग गर्दै आएका छन् ।