बागमती प्रदेश सहकारी संघ लि.को दोश्रो वार्षिक साधारण सभा २०७९ पुस १० गते आइतबार विहान ११ बजेदेखि ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा हुने भएको छ । साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिको प्रस्तुत हुने लगायतका कार्यक्रम रहेको सोही संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको भनाई छ । साधारण सभाको तयारी कार्य पूरा भएको त्यसै संघका बरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले बताउनुभयो ।