भक्तपुर जिल्ला बचत संघको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संघले वर्तमान अवस्थामा सदस्यको हेरचाहको लागि अनुगम, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा यही भदौ २८ गते मंगलबार सहकारीको बर्तमान अवस्था बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संघले भाद्र महिनामा अनुगमन तथा निरीक्षण गरेका ६ वटा सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकलाई सहकारी ऐन, नियम र निर्देशन बमोजिम सहकारीको व्यवस्थापकीय र नीतिगत सुधारका लागि सुझावहरु कार्यान्वनका लागि अनुरोध गरियो । सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बर्तमान अवस्थामा सदस्यको हेरचाह गर्न अनुगमन बढाएको बताउनुभयो । उहाँले तरलता चापको अवस्थामा ठूलो ऋण लगानी नगर्न, सहकारी अभियानको बारेमा जानकारी दिन शिक्षा शिविर गर्न र साधारण सभा यथासक्य चाडैं गरी समुदायमा आधारित सहकारीमा संकट नआएको बताउने तथा सहकारीको पैसा सहकारीमा भन्ने अभियानलाई टेवा पु-याउने जस्ता १० बुदें निर्देशन गरिएको जानकारी दिनुभयो ।
यसैगरी कार्यक्रममा उक्त संघका उपाध्यक्ष हरि बल्लले संस्थामा मिलेसम्म मेला नमिलेमा झमेलाको बाताबरण सिर्जना गर्न नहुने भन्दै संस्थागत विकासमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले हालको अवस्थामा सहकारी संस्थाले आफ्नो साख जोगाउन अनुरोध गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा सो संघका कोषाध्यक्ष कान्छाभक्त घजुले अनुगमनमा देखिएको कैफियतहरुबारे बताउदै यी कैफियतहरु यथाशीघ्र सुधार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले संस्थाको समस्याहरु समाधानका लागि यस संघले नीतिगत तथा वित्तीय सेवामार्फत सम्बोघन गर्दै आएको बताउनुभयो । यस्तै कार्यक्रममा त्यसै सघंका व्यवस्थापक बालकृष्ण धोजुले सो संघको अवस्था जानकारी गराउदैं हालको अवस्थामा सहकारी संस्थाहरु संयमित भई नाफा तथा लाभांशमा भन्दा संस्थाको साख जोगाउन एकताबद्ध भई सदस्यहरुलाई सुसूचित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले यस संघले हरेक शुक्रबार दिउँसो ३ बजे देखि ५ बजेसम्म कोपोमिस र गोएएमएलको तालिम दिइरहेको जानकारी गराउनुभयो । कार्यक्रममा सहभागी संस्थाहरुका प्रतिनिधिहरुले आ-आफ्नो संस्थाको अवस्थाबारे जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *