भक्तपुरको सूर्यविनायकमा आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय तथा थिमिमा रहेको सेवाकेन्द्रबाट आफ्ना सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अठारौं बार्षिक साधारण सभा उक्त संघका अध्यक्ष अध्यक्ष कृष्ण गोविन्द लाखाजुको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा भक्तपुर बैंक्वेट, भक्तपुरमा आज सम्पन्न भयो ।
साधारण सभाको प्रमुख अतिथि कँडेलले दीप प्रज्वलन गरी उद्घाट्न गर्नुभयो । उक्त अवसरमा प्रमुख अतिथि कँडेलले
साधारण सभामा नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ लि.का उपाध्यक्ष शान्ति अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. देशभरीकै उत्कृष्ट संघ रहेको बताउदै अरु संघहरुको सवलीकरणको लागि संघहरुको संस्थागत शुद्धिकरण आवश्यक रहेको बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारीमा देखिएको समस्याहरुको समाधानको लागि सहकारीमा साकोस ऐनको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । त्यसैगरी साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का भूतपूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले
साधारण सभाको अध्यक्षता गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले
हालको सहकारीको विकृतीमा राज्यले ध्यान नदिएको अवस्थामा प्रारम्भिक संस्थाहरुले सहकारी अभियानको भूमिका खोजेको बताउनुभयो । उहाँले सहकारी ऐन कानुन अन्तर्गत मात्र सहकारी सञ्चालन भएको भए हालको समस्या नै नआउने प्रष्ट पार्दै सहकारी ऐन कानुनको परिपालना गर्न र गराउन सम्बद्ध पक्षहरु लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । साधारण सभामा सोही संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारी अभियान र सरकार मिलेर मात्र सहकारीका समस्याहरु समाधान गर्न सक्ने विचार राख्नुभयो ।
साधारण सभाको मुख्य सत्रमा त्यसै संघका सचिव जगनाथ प्रजापतीले उक्त संघको आर्थिक वर्ष २०७८/०७९ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांश प्रस्ताव र संरक्षित पूँजी फिर्ता दिने प्रस्ताव पेश गर्नुभयो भने सो संघका कोषाध्यक्ष काञ्छाभक्त घजुले आर्थिक वर्ष २०७८/०७९ को वित्तीय प्रगति प्रतिवेदन पेश गर्नुभयो । साधारण सभाबाट आर्थिक वर्ष२०७८/०७९ मा रु. १ अर्व ६९ करोड ४९ लाख ३६ हजारको वासलात र रु.२ करोड ७० लाख ६९ हजारको नाफा सहितको लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथ आर्थिक वर्ष २०७९/०८० मा त्यस संघको वासलात रु. १ अर्व ८६ करोड ६१ लाख ५४ हजारको बजेट पारित गरिएको छ । साधारण सभामा त्यसै संघका लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष २०७८/०७९ को बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो ।
उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने बचतमा उपकार बचत तथा ऋण सहकारी संस्था लि., सिमल बचत तथा ऋण सहकारी संस्था लि. र सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. र ऋणमा संचित बचत तथा ऋण सहकारी संस्था लि., बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि. र संगम बचत तथा ऋण सहकारी संस्था लि.लाई संरक्षित पूँजी फिर्ता रकम सहित प्रशंसा- पत्र प्रदान समेत गरियो । उक्त संघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ को कार्यविधि अनुसार यो संघमा आबद्ध सदस्य संस्थाहरु मध्येबाट जिल्ला स्तरीयमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., नगर स्तरीयमा भक्तपुर नगरपालिकामा सामूहिक बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुर थिमि नगरपालिकामा उपकार बचत तथा ऋण सहकारी संस्था लि., सुर्यविनायक नगरपालिकामा बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि. र चाँगुनारायण नगरपालिकामा युवा बचत तथा ऋण सहकारी संस्था लि.लाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार- २०७८ बाट पुरस्कृत गरियो । साधारण सभामा सो संघमा आबद्ध सहकारी संस्थाहरुबाट प्रतिनिधि, पर्यवक्षक र कर्मचारी गरीे जम्मा १८२ जनाको उपस्थिति रहेको थियो । त्यस साधारण सभाको सञ्चालन त्यसै संघकी सञ्चालक कृष्णश्वरी प्रजापतीले गर्नुभयो । उक्त संघमा २०२ वटा बचत तथा ऋण सहकारी संस्था सदस्य छन् ।