भक्तपुर / यही असोज १६ गतेदेखि शुरु भएको भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा यही असोज २३ गते पुन: कृष्णकाजी मानन्धरको अध्यक्षतामा सञ्चालक समिति निर्विरोध चयन गर्दै सम्पन्न भयो । सो सञ्चालक समितिको
उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ, सचिवमा अनिल श्रेष्ठ र कोषाध्यक्षमा प्रेमसुन्दर श्रेष्ठ तथा सदस्यमा डा. उज्ज्वल जोशी , रमेश थुसा श्रेष्ठ र तुलसीराम श्रेष्ठ हुनुहुन्छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा सुन्दर श्रेष्ठ तथा सदस्यमा राजकुमार नापित र कृष्णसुन्दर प्रजापती हुनुहुन्छ । त्यस्तै शिक्षा उप-समितिको संयोजकत्वमा डा.उज्ज्वल जोशी तथा सदस्यमा कृष्ण सुन्दर प्रजापती र नरेन्द्र श्रेष्ठ निर्विरोध चयन हुनु भएको छ । यस्तैगरी ऋण उप-समितिको संयोजकमा प्रेमसुन्दर श्रेष्ठ तथा सदस्यमा तुलशीराम श्रेष्ठ र सुरेश बज्राचार्य चयन हुनु भएको छ ।
सोही संस्थाका अध्यक्ष कृष्णकाजी मानन्धरको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन शेयर सदस्यहरु बीच छलफल गरी पारित गरेको छ ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी नियामक निकायको निर्देशनलाई पालना गरी सिमित सदस्यहरूको उपस्थितिमा सम्पन्न साधारण सभाले पारित गरेको प्रतिवेदनमा चालु आर्थिक वर्षमा उक्त संस्थामा ५२२महिला र ८१६ पुरुष गरी १,३२८ र कूल कारोवार
रु.१५, ७१, ९१, ९९३ रहेको उल्लेख छ ।