राष्ट्रिय सहकारी बैंक लिमिटेडद्वारा आर्थिक वर्ष २०७८/०७९ को कारोवारबाट प्राप्त गरेको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । सो बैंकले सदस्य संस्थाहरुको खातामा उक्त लाभांश रकम जम्मा गरेको बताइएको छ ।
उक्त बैंकको यही पुस १६ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको १९औं वार्षिक साधारण सभाबाट सदस्य संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
