ललितपुर महानगरपालिकाले लेखा परीक्षण र साधारण सभा नगर्ने सहकारी संस्थाको दर्ता खारेज गर्ने

ललितपुर महानगरपालिकाले आफ्नो मातहत रहेका सहकारी संस्थाहरुमध्ये दुई वर्षसम्म लेखा परीक्षण र साधारण सभा नगर्ने सहकारी संस्थाको दर्ता खारेज गर्ने भएको छ । ललितपुर महानगरपालिकाको सहकारी शाखाले सूचना प्रकाशित गरी २ वर्षसम्म लेखा परीक्षण र साधारण सभा नगरेका सहकारी संस्थालाई यो सूचना प्रकाशित भएको ३५ दिनभित्र ललितपुर महानगरपालिकाको सहकारी शाखामा उपस्थित हुन आग्रह गरेको छ । यसैगरी सो सूचनामा यतिबेला कोरोना र डेंगु महामारी न्युन रहेकोले भौतिक उपस्थितिमा पुस मसान्त भित्र साधारण सभा सकी माघ १५ गतेभित्र साधारण सभा सम्पन्न गरेको विवरण सहितको प्रतिवेदन उक्त सहकारी शाखामा पेश गर्नु पर्ने , अन्यथा जरिवाना लाग्ने उल्लेख छ । यसैगरी कतिपय सहकारी संस्थाले सदस्यहरुलाई निर्णय पुस्तिकामा हस्ताक्षर गराएर साधारण सभाको औपचारिकता पूरा गराउने गरेको गुनासो आएकोले अनुगमनका क्रममा त्यस्तो भेटिएमा जरिवाना गरी त्यस्ता सहकारी संस्थालाई पुन: साधारण सभा गर्न लगाउने उक्त सूचनामा उल्लेख छ ।

Leave a Reply