भक्तपुर/भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप-समितिको आयोजनामा आज सो संस्थाका नयाँ शेयर सदस्यहरुको लागि शिक्षा शिविर सोही संस्थाको प्राङ्गणमा सम्पन्न भयो । उक्त संस्थाका अध्यक्ष राजन जतिको प्रमुख आतिथ्यतामा सम्पन्न त्यस कार्यक्रममा संस्थाको महत्व, संस्थाले गर्दै आएका सामाजिक, आर्थिक तथा नैतिक जिम्मेवारी बहनका कुराहरुबारे सुशुचित गरियो । संस्थाको बचत तथा ऋण सम्बन्धी कारोबारको सेवा सुविधाका बारेमा प्रष्ट्याउदै उहाँले आर्थिक कारोबार सँगसँगै सामाजिक सेवा र सदस्यहरुलाई विभिन्न शीपमूलक तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले सहकारीले प्रथाममिकताका साथ गर्नुपर्ने र गर्दै आएका विभिन्न आर्थिक एवं सामाजिक तथा सांस्कृतिक कार्यहरु सम्बन्धी जानकारी दिनुभयो ।
त्यसै संस्थाका सञ्चालक एवं शिक्षा तथा बचत उपसमितिका संयोजक सूर्यनारायण फाजुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोही संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले यस संस्थाको स्थापनाकालदेखि गरेको प्रगतिको बारेमा विस्तृत रुपमा प्रस्तुतीकरण दिनु भएको थियो । उक्त कार्यक्रममा त्यसै संस्थाका सजिव मानन्धर र मञ्जुमैया लाखाजु तथा प्रबन्धक प्रशान्त मानन्धर लगायतले आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।