शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं महानगरपालिका-२२ , प्युखा , न्यरोडस्थित सहकारी भवनमा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सस्था लि.को शुक्रबार कालीमाटी बैङ्क्वेट , कालीमाटीमा १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सोही संस्थाका अध्यक्षच नरेन्द्र बिष्टको अध्यक्षता सम्पन्न सो साधारण सभाको राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष कृष्णबहादुर उप्रेतीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले शुभकामना मन्तव्य व्यक्त गर्दै शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले स्थापना भएको छोटो समयमा राम्रो प्रगति गर्न सकेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना गर्दै उहाँले शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.का सबै सूचकाङ्क राम्रो रहेको बताउदै शेयर सदस्यहरुलाई यो संस्थामा निर्धक्क भएर कारोवार गर्न आग्रह गर्नुभयो । सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सहकारीको महत्वपूर्ण योगदान रहेकोले यो क्षेत्रलाई थप मजबुत बनाउनु पर्ने खाँचो औंल्याउदै उहाँले हल्लाको पछि नलागी सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । साधारण सभामा त्यस संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका अध्यक्ष विष्टले उक्त संस्थाको वित्तीय अवस्था र गतिविधि बारे प्रकाश पार्दै आर्थिक क्रान्तिका लागि सहकारी, हटाऔं गरिबी र बेरोजगारी भन्ने नारालाई आत्मसात गरी अगाडि बढिरहेको हाम्रो यस संस्थाले आफ्ना सदस्यहरुको आर्थिक तथा सामाजिक रुपमा जीवनस्तर माथि उठाउने उद्देश्यका साथ कार्य गरिरहेको बताउनुभयो । उहाँलेविश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी तथा रुस र युक्रेन बीच जारी युद्धका कारण विश्वको अर्थतन्त्र मन्दी तर्फ धकेलिएको र त्यसको अशर सहकारी क्षेत्रमा पनि परे पनि यस संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुको सक्रियता , शेयर सदस्य मानुभावहरुको साथ र सहयोग तथा कर्मचारीहरुको लगनशीलता र मेहनतकाले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढेर सहकारी क्षेत्रमा आफ्नो छुट्टै परिचय निर्माण गर्न सकेको भन्दै त्यसका लागि सबैमा धन्यबाद ज्ञापन गर्नुभयो । हाम्रो यस संस्थामा १५० जना भन्दा बढी कर्माचारी कार्यरत रहेका र कर्मचारीहरुका लागि समय समयमा शिक्षा/ तालिम जस्ता कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाका शेयर सदस्यहरु तथा उहाँहरुको परिवारका जन्मदेखि मृत्युसम्मका कार्यक्रममा सहभागिता जनाउनुका साथै रक्तदान, सम्पदा सरसफाई जस्ता विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको उहाँको भनाई थियो । उहाँले एकाध सहकारी संस्थामा उत्पन्न भएको वित्तीय समस्याको हल्लाखल्लाले वित्तीय अवस्था राम्रो रहेका सहकारी संस्थाहरुलाई तरलता व्यवस्थापन गर्न केही कठिनाई उत्पन्न भएको प्रसङ्ग उल्लेख गर्दै सहकारी क्षेत्रलाई मर्यादित र बलियो बनाउन सबै सरोकारवालाहरु जिम्मेवार गर्नुभयो ।

यसैगरी उक्त संस्थाका प्रबन्ध निर्देशक जीवनराज ओझाले त्यस संस्थाको आर्थिक प्रतिवेदन तथा नीति र कार्यक्रम प्रस्तुत गर्दै हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई मोबाइल बैंकिङ, आफ्नो खातामा रहेको रकम बैंक तथा अन्य वित्तीय संस्थामा रकम ट्रान्सफर गर्न सकिने सुविधा प्रदान , क्युआर कोड, फोन पे , कनेक्ट आईपीएस जस्ता प्रविधिको माध्यमबाट गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताउनुभयो । साधारण सभामा सो संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मण शर्माले यस संस्थाको वित्तीय अवस्था र यसले प्रवाह गरिरहेको सेवा सन्तोषजनक रहेको जानकारी दिनुभयो ।

ती प्रतिवेदनहरु माथि शेयर सदस्यहरुले छलफल गरी साधारण सभाबाट पारित गरिएको थियो । साधारण सभाबाट पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०८९ को अन्तसम्ममा यो संस्थामा शेयर पूँजी रु.२० करोड ४५ लाख, निक्षेप संकलन रु.१ अर्व ८५ करोड ६८ लाख , कर्जा लगानी रु.१ अर्व ८३ करोड ९० लाख , सञ्चालन मुनाफा रु.२ करोड ५ लाख र जगेडा तथा अन्य कोषहरुमा रु.४ करोड ६९ लाख रहेको उल्लेख छ ।

साधारण सभाले सभाले संस्थाको विनियम संशोधन , उद्देश्य मिल्ने समान प्रकृतिका सहकारी संस्थासँग एकीकरण , चालु आर्थिक वर्ष २०७९/०८० का लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण , संस्थाकाे नाममा रहेकाे अचल सम्पतिको व्यवस्थापन , संस्थाकको नाममा जग्गा तथा भवन खरीद गर्ने जस्ता विषय पारित गरेको छ ।

आफ्ना शेयर सदस्यहरुलाई व्यक्तिगत, व्यवसायिक , कृषि , लघु , हायरपर्चेज , वैदेशिक रोजगारी जस्ता विभिन्न शीर्षकमा सहुलियत व्याजदरमा कर्जा प्रवाह गरिरहेको सो संस्थाले लघुउद्यम कार्यक्रममार्फत ग्रामीण उद्यमशीलता विकास र महिला सशक्तिकरणका लागि विभिनन कार्यक्रम गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *