सहकारी संस्थाहरु वित्तीय विवरण सार्वजनिक गर्दै

सहकारी विभागको निर्देशनलाई पालना गरी सहकारी संस्थाहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । फेसबुक जस्ता सामाजिक सञ्जाल लगायतबाट सार्वजनिक भइरहेको सहकारी संस्थाहरुको वित्तीय विवरण सम्रगमा हेर्दा सन्तोषजनक देखिएको जानकार बताउछन् । संख्याको हिसावले थोरै सहकारी संस्थाहरुको वित्तीय विवरण भने त्यत्ति राम्रो नरहेको भनाई छ । सहकारी संस्थाहरुमा बचतमा खासै समस्या नरहेपनि ऋण असुलीमा केही समस्या हुने गरेको पाइन्छ । राज्यका सम्बन्धित नियमनकारी निकाय र सहकारी अभियान मिलेर सहकारीको प्रवर्द्धनमूलक कार्यमा लागे सहकारी क्षेत्र थप प्रगतिपथमा अगाडि बढ्ने सहकारीका जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *