काठमाडौं/ काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०७९ साउन २१ गते काठमाडौंको चुच्चेपाटीस्थित हायत रिजेन्सी होटलमा ‘काठमाडौं साकोस समिट-२०७९‘ हुने भएको छ । काठमाडौंको चावहिलमा मुख्य कार्यालय तथा कलंकी र गोंगबुमा सदस्य सेवाकेन्द्रबाट आफ्ना सदस्यहरुलाई सेवा प्रदान गरिरहेको कास्कूनको आयोजनामा हुने त्यस समिटमा भाग लिन चाहनेले यही साउन १८ गतेसम्म रजिष्ट्रेसन गर्न सक्ने कास्कूनका व्यवस्थापक अरुण तिवारीको भनाई छ । नेफ्स्कूनका कोषाध्यक्ष समेत रहेका दीपक पनेरुको अध्यक्षतामा सञ्चालक समिति रहेको कास्कून देशभरका जिल्ला बचत तथा ऋण सहकारी संघहरु मध्ये सबैभन्दा बढी वित्तीय कारोवार गर्ने ३ वटा संघमध्येमा पर्ने जानकारहरुको भनाई छ ।