सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लि.को २४औं स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर/ सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको २४औं स्थापना दिवस बृहत खुल्ला रक्तदान कार्यक्रम गरी मनाइएको छ । ललितपुरको पुल्चोकस्थित सोही संस्थाको केन्द्रीय कार्यालय परिसरमा बुधबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । सोही संस्थाको आयोजना र लायन्स क्लव अफ काठमाडौं-सुमेरुको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान-जीवनदान भन्न नाराका साथ सम्पन्न त्यस रक्तदान कार्यक्रममा ३०० जना रक्तदाताले रक्तदान गरेको आयोजकको भनाई छ। रगत अभावले विरामीको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले बिगतका वर्षहरुमा झैं यस वर्ष पनि यो बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको त्यसै संस्थाका अध्यक्ष एच.आर. दाहालको भनाई छ ।

त्यस संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा बिगतदेखि नै प्रत्येक वर्षको साउन ४ गते खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छ । सोही संस्थाको २४औं स्थापना दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले २४ जना मृगौला रोगीको सरकारी दररेट अनुसार विशेष सुविधा प्रदान गरी मृगौला प्रत्यारोपण गर्ने उक्त अस्पतालले जनाएको छ ।

ललितपुरको पुलचोकमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको यो संस्थाका काठमाडौंको कालीमाटी , भक्तपुरको गट्ठाघर र ललितपुरको धापाखेलमा सदस्य सेवाकेन्द्र सञ्चालंमा छन् । सोही संस्थाको वित्तीय लगानीमा एसियन कलेज , सुमेरु अस्पताल , सुमेरु मार्ट , सुमेरु सिटी अस्पताल लगायत सञ्चालन भइरहेको जनाइएको छ । बचत तथा ऋण कारोवारसँगै यो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा बिभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दछ आएको छ ।

Leave a Reply