हातेमालो साकोस, सिमराको तेस्रो सेवाकेन्द्र सञ्चालनमा

सिमरा/ बाराको सिमरामा मुख्य कार्यालय रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.ले जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ र २२ मा रहेका आफ्ना शेयर सदस्यहरुको सुबिधालाई मध्यनजर गरी शनिबारबाट अमलेखगञ्जमा तेस्रो सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको उद्घाटन मधेश प्रदेश सभा सदस्य तथा सोही संस्थाको सञ्चालक समितिकी पूर्व उपाध्यक्ष सीता गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउन सहयोग पुग्ने गरी सेवा प्रवाह गरिरहेको यस संस्थाले आफ्नो कार्यक्षेत्र थप बिस्तार गर्न सफल भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । त्यस उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले उक्त संस्थाको गतिविधि र सेवाको बारेमा प्रकाश पार्दै शेयर सदस्य महानुभावहरुको साथ र सहयोग तथा कर्मचारीहरुको सक्रियताले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउनुभयो ।

………………………………………………………………….

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

……………………………………………………………………..

त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति सदसृय सुशिला आचार्यले स्वागत मन्तव्य र व्यवस्थापक महेश ढुंगेलले सञ्चालन गर्नु भएको सो कार्यक्रममा जीतपुरसिमरा उप-नगरपालिका वडा नं.२१ का वडाध्यक्ष कृष्णबहादुर ठकुरी , अनमोल बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक रोहित घिसिङले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा सोही संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्य, शेयर सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ‌।

४ हजार भन्दा बढी शेयर सदस्य भएको सोसंस्थाको बाराको जीतपुर र डुमरवानामा सदस्य सेवाकेन्द्र
सञ्चालनमा छन् ।

……………………………………………………………………..

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *