१००औं अन्तर्राष्ट्रिय सहकारी दिवसमा बिभिन्न बिधाका उत्कृष्टलाई गरियो पुरस्कृत

ललितपुर/ राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ठ सहकारी अभियान्ता, कर्मचारी र सहकारी संघ संस्थाहरुलाई पुरस्कार प्रदान गरी सम्मान ग-यो । ललितपुरको पुल्चोकस्थित सोही महासंघको सभाहलमा आयोजित उक्त कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले सहकारी अभियान्ता विजयराज घिमिरेलाई राष्ट्रिय सहकारी पुरस्कार-२०७८ , , भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का व्यवस्थापक बालकृष्ण धोजुलाई उत्कृष्ठ कर्मचारी पुरस्कार-२०७८ र जिल्ला सहकारी संघ लिमिटेड , दोलखालाई उत्कृष्ठ सहकारी पुरस्कार-२०७८ प्रदान गरी सम्मान गर्नुभयो । त्यसैगरी मन्त्री श्रेष्ठले देशका ७ वटै प्रदेशका सहकारी संस्थाहरु मध्ये उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०७८ प्रदेश नं. १ नं. बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लि., दमक , झापा , मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि., निजगढ, बारा , बागमती प्रदेशबाट हिलटप बहुउद्देश्यीय सहकारी संस्था लि.,तिनकुने , काठमाडौं, गण्डकी प्रदेशबाट कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि., पैयुपाटा , बागलुङ , लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि., ठाकुर बाबा , बर्दिया , कर्णाली प्रदेशबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.,वीरेन्द्रनगर , सुर्खेत र सुदूर पश्चिम प्रदेशबाट श्री एकता प्रगतिशील बचत तथा ऋण सहकारीको संस्था लि., गोदावारी , कैलालीलाई प्रदान गरी सम्मान गर्नुभयो ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड,नेपालका अध्यक्ष मिनराज कँडेलको अध्यक्षता सम्पन्न कार्यक्रमको मन्त्री श्रेष्ठले उद्घाटन गर्नुभएकौ थियो ‌।

त्यस अवसरमा उहाँले सहकारी रोजगारीको आधारस्तम्भ बनेको भन्दै यसलाई सामाजिक , आर्थिक र सांस्कृतिक रुपान्तरण , मानवीय विकास र पर्यावरणको संरक्षण र प्रवर्द्धन गर्दै दिगो र फराकिलो विकाससँगै गरिवी निवारणको प्रमुख आधारको रुपमा स्थापित गर्नु पर्ने खाँचो औंल्याउनुभयो । त्यसैगरी भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रेत्रमा सहकारीको गतिविधि र सहकारी सिद्धान्त , मुल्य र मान्यताबारेमा चर्चा गर्नु भएको थियो ।

त्यस कार्यक्रममा पूर्व राज्यमन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि.का पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटा , राष्ट्रिय योजना आयोगकी सदस्य उषा झा , सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डित , नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल , अन्तर्राष्ट्रिय श्रम संगठनका कन्ट्री डाइरेक्टर डा.रिचार्ड हार्ड लगायतको उपस्थिति रहेको त्यस कार्यक्रममा बिभिन्न सहकारी संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रत्येक वर्षको जुलाई महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ। यसै दिन राष्ट्रिय सहकारी महासंघ लि.को २९औं स्थापना दिवस र संयुक् राष्ट्र संघको दिवसको रुपमा मनाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *