घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन स्थगन

काठमाडौं/ केही दिनयता कोरोना भाइरस संक्रमणको जोखिम बढेको कारण २०७८ माघ ४,५ र ६ गते बीरगञ्जमा आयोजना हुन लागेको घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२औं महिला उद्यमी सम्मेलन स्थगित भएको छ । उक्त महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहको अध्यक्षतामा आज बसेको सोही महासंघको बैठकले सो निर्णय गरेको जनाइएको छ । उक्त महासंघका अध्यक्ष स्वयं कोभिड-१९ बाट ग्रसित भई आइसोलेशनमा रहनु भएको तथा त्यसै महाधिवेशनका प्रमुख अतिथि समेत रहनु भएका प्रधानमन्त्री समेत आइसोलेशनमा रहनु भएको र गृह मन्त्रालयले कोभिड-१९ संक्रमणको जोखिमका कारण सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेकोले महाधिवेशन स्थगन गरिएको बताइएको छ ।

Leave a Reply