काठमाडौं/ केही दिनयता कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकले आफूबाट इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीका बैंक तथा वित्तीय संस्थाहरुलाई आवश्यक सुरक्षा अपनाएर सेवा प्रवाह गर्न / गराउन निर्देशन जारी गरेको छ । सो बैंकले सोमबार जारी गरेको सूचनामा -“नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्युनिकरण गर्न आवश्यक उपाय अवलम्बन गर्ने , सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दुरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने , बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित ATM booth हरुबाट हुन सक्ने संक्रमण जोखिमलाई न्युनिकरण गर्न ढोका खुला राखी senitzer लगायतका सामाग्रीको व्यवस्था गर्ने र बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक , गोष्ठि, सेमिनार , तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दुरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल (virtual) बाट गर्ने व्यवस्था मिलाउने” उल्लेख छ ।
