जापानी पूर्व प्रधानमन्त्री सिञ्जु आबेको निधनमा नेपाल शोकाकुल

काठमाडौं/ शुक्रबार हत्या गरिएका जापानी पूर्व प्रधानमन्त्री सिञ्जु आवेको निधनमा नेपालले पनि शोक प्रकट गरेको छ । आज नेपालले उहाँको निधनमा शोक मनाउदै छ । उहाँ नेपालको हितैषी रहेको जानकारहरु बताउछन् ।

पटक-पटक गरी १७ वर्ष जापानको प्रधानमन्त्री बन्नु भएका आवे विश्वका स्थापित नेताहरुमध्ये एक हुनुहुन्थ्यो। उहाँको निधनमा नेपाल , भारत सहित विश्वका बिभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलै शोक व्यक्त गरेका छन् ।

दिवंगत आवेले स्वास्थ्य समस्याको कारण बताउदै गत बर्ष जापानको प्रधानमन्त्री पदबाट राजिनामा दिनु भएको थियो । आउदो आईतबार हुने स्थानीय चुनाबमा शुक्रबार आफूले समर्थन गरेका दलका उम्मेद्वारको चुनावी सभालाई सम्बोधन गर्दै गर्दा जापानको नौसैनिकमा रहेर खाम गरेका १ व्यक्तिले पूर्व प्रधानमन्त्री आवे माथि २ गोली प्रहार गरेको र गोली लागेर रक्ताम्मे भएर भूइँमा लडेपछि उहाँलाई अस्पताल पु-याइएको र अस्पतालमा उपचारका क्रममा उहँको निधन भएको अस्पतालले घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Leave a Reply