रुसले जर्मनी जाने ग्यासको पाइपलाइन बन्द गरेसँगै युरोपमा बढ्यो ग्यासको चिन्ता

काठमाडौं/ रुसले बाल्टिक सागर हुदै जर्मनी जाने ग्यासको पाइपलाइन मर्मत गर्नु पर्ने भयो भन्दै त्यहाँबाट जर्मनी जाने ग्यासको पाइपलाइन ११ दिनका लागि बन्द गरेसँगै त्यसबाट जर्मनीमा ग्यास जान बन्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुस -युक्रेन युद्धमा रुस विरुद लड्न युक्रेनलाई हतियार दिएको र सोही युदृधका कारण रुस माथि प्रतिबन्ध लगाएका कारण रुसले उक्त ग्यास पाइपलाइन सधैको लागि बन्द गरी दिने पो हो कि भन्ने युरोपमा चिन्ता बढेर बताएको छ ‌। जसले गर्दा जर्मनीमा ग्यासबाट चल्ने उद्योग बन्द हुने अवस्था आउन सक्ने खतरा बढेको जानकारहरुले बताएका छन् । रुसले ग्यास बन्द गरी दिने हो कि भन्ने चिन्ता बढेसँगै युरोपको अर्थतन्त्र समस्यामा पर्ने देखिएको र त्यसले गर्दा युरोको मुल्य घटेर अमेरिकी डलर बराबर भएको बीबीसीले जनाएको छ ।

रुस- युक्रेन युद्धका कारण विश्वका धेरै देशको अर्थतन्त्र प्रभावित भएको छ भने यो युद्ध कहिलेसम्म चल्छ भनेर भन्न सकिने अवस्था नरहेको जानकार बताउछन् । यो युद्धको अन्तका लागि संयुक्त राष्ट्र संघले कुनै सार्थक पहल भने गर्न सकेको छैन । ऊ शक्ति राष्ट्रहरुका अगाडि निरीह बनेको देखिएको छ ‌‌।

Leave a Reply