रुस-युक्रेन युद्धको तरङ थप बढ्दै

काठमाडौं/ सन् २०२२ फेब्रुअरी २४ तारिकबाट शुरु भएको रुस- युक्रेन युद्ध जारी छ । युद्धले रुसलाई मानवीय र आर्थिक नोक्सान पु-याएको छ तर रुसलाई भन्दा धेरे बढी नोक्सान युक्रेनलाई पुगेको देखिएको छ । रुसको लगातारको मिसाइल र बम हमलाका कारण युक्रेनी सेना र नागरिकहरुको ज्यान जाने क्रम जारी रहेको र युक्रेनको राजधानी किभ सहित मारियोपोल, खार्किभ लगायतका शहरका भौतिक संरचना सहितका सम्पति ध्वस्त भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । युक्रेनमा विभिन्न शहरहरुमा लासहरु छरपष्ट देखिएको बताइएको छ । युक्रेनका अधिकारीहरुले लासलाई एकै ठाउँमा खाडल खनेर पुर्दै आएको बताएको समाचार श्रोतको भनाई छ । रुसी र युक्रेनी सरकार आ-आफ्नो अडानबाट टसकामस नभएकोले यो युद्ध तत्काल रोकिने अवस्था देखिदैन । जसले गर्दा यो युद्ध अब यति नै समय चल्छ भन्ने आवस्था देखिदैन । । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सी तटस्थ विदेश नीति अवलम्वन गरी आफ्नो देशलाई जोगाउने तिर भन्दा पनि नाटो र पश्चिममा शक्ति देशहरुको उक्साहाटमा तिनको गोटी बनेर रुस बिरुद्ध युद्ध लडिरहेका छन् । पश्चिमा देशहरु र रुसका लागि रणनीतिक रुपमा युक्रेन महत्वपूर्ण रहेकोले यसलाई आफ्नो प्रभाव क्षेत्रबाट अन्त जान दिने पक्षमा नरहेकोले युद्ध चलिरहेको छ । त्यसैले नाटो र पश्चिममा देशहरु युक्रेनलाई हतियार लगायतका सामाग्री उपलब्ध गरेर सहयोग गरिरहेका छन् । यता निरन्तर युक्रेन बिरुद्ध हमला गरिरहेको रुस युक्रेनलाई घेराबन्दी गरी त्यहाँ आर्थिक लगायतको संकट उत्पन्न गरी राष्ट्रपति जेलेन्सी सहितका युक्रेनी उच्च अधिकारीहरुको बहिर्गमन गर्ने रणनीतिका साथ कार्य गरिरहेको कतिपय परराष्ट्र मामिलाका जानकारहरु बताउछन् ।

यो युद्धको तरङ भने थप बढेर गएको छ । धेरै देशहरुमा दैनिक उपभोग्य सामाग्रीको अभाव भइरहेको छ भने महङ्गी निकै बढेको देखिएको छ । जसले मानिसहरुमा समस्या देखिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाक युद्ध चलिरहेको छ । त्यस्तैगरी यही युद्धका कारण पाकिस्तानका प्रधानमन्त्री आम्दानी खानको प्रधानमन्त्री पद धरानमा परेको छ । रुसको समर्थन गरेका प्रधानमन्त्री खान बिरुद्ध सरकारमा रहेका दल सहित प्रतिपक्षी दलहरुलै मोर्चाबन्दी गरेपछि प्रधानमन्त्री खानको सिफारिसमा पाकिस्तानका राष्ट्रपतिले संसद बिघटन गर्नु भएको छ र यतिबेला यो मामिला पाकिस्तानको अदालतमा पुगेको सञ्चार माध्यमले जनाएका छन् । नेपाल युक्रेनको साथमा रहेपनि चीन, भारत, बंगलादेश लगायतका देशहरु भने रुसको साथमा रहेको ती देशहरुका अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply