रुस र युक्रेन बीच लडाई जारी

काठमाडौं/ रुस र युक्रेन बीचको लडाई आज पाँचौँ दिन पनि जारी छ । विघटित सोभियत संघका राष्ट्रपति मिखायल गोर्वाचोवले युक्रेन नाटो सदस्य बन्ने छेन भनी संयुक्त राज्य आमेरिकासँग गरेको मौखिक सहमती विपरीत रुसको आग्रहलाई बेवास्ता गरी युक्रेनले पश्चिमा देशहरुसँग हातेमालो गर्ने र संयुक्त राज्य अमेरिका, क्यानडा सहितका विश्वका शक्तिशाली ३० देशको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन (NATO ) को सदस्य बन्न खोजेपछि रुस युक्रेन विरुद्ध सैन्य कारबाहीमा उत्रेको थियो । जल, स्थल र वायु सेनाले युक्रेनको राजधानी किम , खार्किभ लगायतका शहरमा निरन्तर आक्रमण गरिरहेको छ भने युक्रेनले पनि रुसको प्रतिकार गरिरहेको छ । रुस र युक्रेन बीचको लडाईको क्रममा युक्रेनको भौतिक संरचना धेरै ठूलो क्षति पुगेको छ। युक्रेनी सेनाले रुसी सेनालाई अवरोध गर्न पुलहरु भत्काएका खबर प्राप्त भइरहेको छ । लडाईबाट बिनास भएको भौतिक संरचना पुन:निर्माण गर्न युक्रेनले ठूलो धनराशी खर्च गर्नु पर्ने छ। लडाईमा परी आफ्ना ३०० नागरिकको ज्यान गएको युक्रेन सरकारको भनाई छ तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । लडाई जारी रहेकोले त्यहाँ मृतक र घाइते यति नै छन् भन्ने अवस्था देखिदैन । त्यसैगरी रुसी सेनातर्फको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । लडाई जारी रहदा यसबेलासम्म आफ्नो देश छाड्ने युक्रेनी नागरिकहरुको संख्या ३ लाख नाघेको बताइएको छ । उनी पोल्याण्ड लगायतका विभिन्न देश पुगेका छन् भने युक्रेनमा बसेका आफ्ना नागरिकहरुको नेपाल , भारत लगायतका देशहरु पनि उद्धारमा लागेको देखिएको छ । बेल्जियम, फ्रान्स, नेदरल्याण्ड लगायतका विभिन्न देश र व्यक्तिले युक्रेनलाई सैन्य सामाग्री , पैसा लगायतको सहायता गरिरहेका छन् तर यता रुस माथि भने संयुक्त राज्य अमेरिका , युरोपियन युनियन, जर्मनी, फिनल्याण्ड लगायतले विभिन्न प्रतिबन्ध लगाएका छन् ।

युक्रेन सरकारले १६ वर्षदेखि ६० वर्ष उमेरसम्मका आफ्ना नागरिकहरुलाई हतियार चलाउन सिकाउने र हतियार चलाउन जान्ने नागरिकहरुलाई हतियार वितरण गरिरहेको र धेरै नागरिकहरु रुसी सेनासँग लड्न लामबद्ध भ एको खबर प्राप्त भइरहेका छन् । युक्रेनी सेनासँगै त्यहाँका नागरिकहरुले रुसी सेना विरुद्ध अवरोध गरेका कारण रुसी सेनाले समस्या झेलिरहेको र कतिपय स्थानमा युक्रेनी नागरिकले छद्म भेषमा रुसी सेनालाई पक्रेर सुरक्षा निकायलाई बुझाएको विवरण प्राप्त भइरहेका छन् ।

रुसले युक्रेन माथि सैन्य आक्रमण गरेपनि यसबेलासम्म ठूला र धेरै घातक हतियार प्रयोग गरेको देखिदैन । यसबाट रुस युक्रेनलाई गलाएर सकेसम्म आफ्नो पक्षमा पार्ने र त्यसो नभए पनि युक्रेन नाटोको सदस्य नबनोस् र तटस्थ विदेश नीति अवलम्बन गरोस् भन्ने चाहेको रुसी राष्ट्रपति भ्लादिमिर पुतिनले युक्रेनलाई लडाईकै बीच बार्तामा बस्न आग्रह गर्नुले पुष्टि गरेको देखिन्छ तर युक्रेनमा राष्ट्रपतिले भ्लादिमिर जावलेन्स्की निकै दवावपछि बार्तामा बस्न मञ्जुर भएपनि रुसको यो शर्त मान्न राजी हुन्छन् कि हुन्नन् , त्यो हेर्न बाँकी छ । यदी उनले रुसको यो शर्त नमानेर पश्चिमा देशहरुसँग हात फैलाए र नाटोको सदस्य बन्ने बाटोमा गए भने युक्रेनको निकै भयाभह हुने संकेत रुसी राष्ट्रपति पुतिनले परमाणु हतियार युक्रेनमाथि आक्रमणका लागि तयारी अवस्थामा राख्नुबाट देखिएको छ ।

वार्ताबाट रुस-युक्रेन बीचको संकट समाधान गर्न माग

रुस र युक्रेन बीच लडाई जारी रहदा विश्वभरका धेरै नागरिकहरु यी दुई देश बीचको समस्या वार्ताबाट समाधान हुनु पर्ने माग गरिरहेका छन् । युद्धबाट नभई वार्ताको माध्यमद्वारा शान्तिपूर्ण तवरले रुस-युक्रेन बीचको समस्या समाधान गर्न मानिसहरुले प्रदर्शन गर्न माग गरिरहेका छन् ।

रुस माथिको प्रतिबन्ध हटाउनु पर्ने पक्षमा ब्राजिल

रुसले युक्रेन माथि सैन्य आक्रमण गरेको भन्दै युरोपियन युनियन सहित विभिन्न देशले रुस माथि प्रतिबन्ध लगाई रहदा ब्राजिलले भने त्यसप्रति आसन्तुष्टि जनाएको छ । रुसमाथि प्रतिबन्ध लगाउदा पेट्रोलियम पदार्थ लगायतको मुल्य बढ्ने र त्यसले समस्या बनाउने भन्ने उसको भनाई रहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

बेलैमा वार्ताद्वारा रुस-युक्रेन समस्या समाधान नभए यसले विश्वयुद्धको रुप लिन सक्ने चिन्ता बढिरहेको देखिएको छ ।

Leave a Reply