लिज ट्रस आज बेलायतको प्रधानमन्त्री बन्ने

सोमबार कन्जर्भेटिभ पार्टीको नेतामा प्रतिस्पर्धी ऋषि सुनकलाई पछि पार्दै चयन भएकी लिज ट्रस आज बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त हुने सञ्चार माध्यमहरुले जनाएका छन् । ५७ प्रतिशत मतका साथ कन्जर्भेटिभ पार्टीको नेता बनेकी ट्रसका सामू बेलायतलाई युरोपियन युनियनबाट अलग गर्ने , देशको बिग्रदो आर्थिक अवस्थाको सुधार र मुल्य बृद्धि नियन्त्रणको चुनौति रहेको बताइन्छ । ट्रसले प्रधानमन्त्री बोरिस जोन्सनलाई विदेश मन्त्रीको जिम्मेवारीमा रहेर दह्रो साथ दिदै आउनु भएको थियो ।

लिज ट्रससँग पराजित ऋषि सुनक यस अघि बेलायतको अर्थ मन्त्री बन्नु भएको थियो । कन्जरभेटिभ पार्टीको नेताका लागि प्रतिपर्धा गरेका सुनकले ४३ प्रतिशत मत पाउनु भएको जनाइएको छ ।

युरोपियन युनियनबाट बेलायतलाई अलग गर्ने संकल्पका साथ प्रधानमन्त्री बनेका बोरिस जोन्सनले आफ्नो संकल्प पूरा गर्न सक्नुभएन । उहाँले रुस र युक्रेन बीचको युद्धमा युक्रेनको दह्रो साथ दिनु भएको थियो , जसका कारण बेलायतमा आर्थिक मन्दी आएपछि उहाँको विरोध हुन थाल्यो र अन्तत: उहाँ प्रधानमन्त्री पदबाट बिदा हुनु पर्ने अवस्थामा पुग्नुभयो । लामो प्रक्रिया पार गर्नु पर्ने भएकोले कन्जरभेटिभ पार्टीमा बोरिस जोन्सनको उत्तराधिकारी चयन गर्न निकै लामो समय लागेको थियो ।

Leave a Reply