अनेट्रेयुुमको काभ्रेपलाञ्चोकको संय‍ोजकमा रामप्रवेश पण्डित चयन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF)को काभ्रेपलाञ्चोक जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला २०८० अस‍ोज १ गते स‍ोमबार भकुण्डेबेसींमा सम्पन्न भयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापा र सोही पार्टीका केन्द्रीय सदस्य तथा पिपुल्स फोर्स नेपालका संय‍ोजक उत्सुक कट्टेलले आ-आफ्न‍ो विचार व्यक्त गर्दै महङ्गी , भ्रष्टाचार , कालाबजारी आदिबाट श्रमजीवी मजदुर र किसानहरुको दैनिक जीवनयापन गर्न कठिनाइ भइरहेकोले मुलुकमा व्याप्त बेथितिको अन्त र श्रमजीवी मजदुर र किसानहरुको हक, हित र अधिकार प्राप्तिका लागि मजदुर र किसानहरुले एकताबद्ध भएर संघर्ष गर्नु पर्ने बताउनुभयो ।

भेलाबाट रामप्रवेश पण्डितको संयोजकत्वमा अखिल नेपाल ट्रेड युनियन महासंघको काभ्रेपलाञ्चोक जिल्ला समिति निर्माण भएको जनाइएक‍ो छ ।

त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकाहरुलई त्यसै पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव थापा र उक्त पार्टीका केन्द्रीय सदस्य तथा पिपुल्स फोर्स नेपालका संयोजक कट्टेलले स्वागत गर्नुभएको थियो ।

Leave a Reply