वैदेशिक रोजगार विभागको ई.पी.एस.शाखाले रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुसँग २०८० भदौ १८ गते ललितपुरको भैंसेपाटीस्थित व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा कोरियन भाषाको ई.पी.एस. परीक्षा लिने भएको छ । यस विषयको सूचना प्रकाशन गर्दै सो शाखाले यो परीक्षामा सामेल हुन चाहने परीक्षार्थीले उक्त परीक्षाको एक दिन अगावै सोही शाखा कार्यालयमा बायोमेट्रिक गराउनु पर्ने उल्लेख छ ।






