जिल्ला सहकारी संघ लि.,ललितपुरले सञ्चालन गरेको हाटबजारमा उपभोक्ताको आकर्षण

ललितपुरको ग्रामीण क्षेत्र लगायतका कृषकहरुले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण र उपभोक्तासम्म अर्गानिक जिनिस पु-याउने उद्देश्यले जिल्ला सहकारी संघ लि.,ललितपुरले ललितपुरको महालक्ष्मीस्थानमा रहेको आफ्नै सहकारी भवनमा सञ्चालन गरिरहेको हाटबजारमा उपभोक्ताहरुको आकर्षण बढ्दै गएको छ । विशेषगरी शुक्रबार र शनिबार लाग्ने सो हाटबजारमा स्थानीय ग्रामीण कृषकहरुले उत्पादन गरेका तरकारी, फलफुल, गेडागुडी , स्थानीय जातका खसीको मासु, मह लगायत जिनिस सुपथ मुल्यमा पाइने भएकोले त्यहाँ उपभोक्ताहरुको भीडभाड हुन थालेको जानकारहरु बताउछन् । स्थानीय जातका सहित गेडागुडी लगायतका केही जिनिस भने त्यहाँ अरु दिन पनि किन्न सकिन्छ ।

२८ वटा स्टल रहेको उक्त हाटबजारको गत भदौ १ गते बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनले औपचारिक रुपमा उद्घाटन गर्नुभएको थिय‍ । सो बजार सञ्चालनमा आएसँगै स्थानीय कृषकहरुले थोरै भएपनि राहत महशुस गरेको देखिएको छ । यो बजारको थप व्यवस्थापनमा सहयोग गर्ने स्थानीय तहका केही जनप्रतिनिधिले प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply