द्रुत बससेवाबाट रत्नपार्क-सूर्यविनायक यात्रा ४५ मिनेटमा !

संविधान दिवसको दिन पारेर बुधबार सञ्चालन शुरु भएको द्रुत बससेवाबाट काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्मको यात्रा ४५ मिनेटमै गर्न सकिने बताइएको छ र भाडा पनि अरु सामान्य बसमा जति नै लाग्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले बताउनुभएको छ । रत्नपार्क-जडिबुटी र जडिबुटी-सूर्यविनायक गरी २ खण्डमा बाडेर सञ्चालन शुरु भएको द्रुत बससेवाको बुधबार काठमाडौंको रत्नपार्क- शान्तिवाटिकामा उद्घाटन

गर्ने क्रममा मन्त्री् ज्वालाले सो कुरा बताउनुभयो । त्यस अवसरमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले द्रुत बससेवाका लागि गर्नु पर्ने आवश्यक केेही कार्यबारे चर्चा गर्दै य‍ो बससेवालाई पनि अरु बससेवालाई जस्तै ट्राफिक नियम लाग्ने बताउनुभयो ।

तत्काल ३८ देखि ४० सीट क्षमताका २५ वटा बसले यो सेवा दिने बताइएको छ । यो बससेवाको सञ्चालनबाट यात्रीले केही हदसम्म भएपनि राहत महशुस गर्ने अपेक्षा गरिएको छ ।

यता ट्रली बसर पुरानो साझा बससेवाको हविगत देखेका कतिपय मानिसले भने निकै तामझाम गरी सञ्चालन शुरु गरिएको द्रुत बससेवाको अवस्था ट्रली बसको जस्तो नहोस् भनेर कामना गरिरहेको देेखियो तर मन्त्री ज्वाला भने प्रधानमन्त्रीको चाहना अनुरुप सञ्चालन शुरु भएको यो बससेवाले राम्रोसँग सेवा दिनेमा विश्वस्त देखिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *