नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अनुराग ग‍ोयल चयन

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साधारण सभाले सन् २०२३/०२४ को लागि सो मञ्चको अध्यक्षमा गोयल ग्रुपका प्रबन्ध निर्देशक अनुराग गोयल

चयन हुनुभएको नेपाल उद्योग परिसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो साधारण सभाको अर्थ मन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्नुभएको थियो ।

सन् २००८ मा स्थापना भएको यो पहिलो अध्यक्ष नेपाल परिसंघका नि:बर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल हुनुहुन्थ्यो । सन् २०२२ /०२३ मा भने उक्त मञ्चको अध्यक्षमा प्राशी अग्रवाल हुनुहुन्थ्यो ।

Leave a Reply