नेपाल विद्युत प्राधिकरणको सैंवु उपशाखाको विजुलीको महशुलमा मनोमानी !

नेपाल बिधुत प्राधिकरणको सैंबु उपशाखाले विजुलीको महशुलमा मनोमानी गरी सेवाग्राहीलाई ठग्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । ‘पछिल्लो केही समययता निर्धारित समयमा विजुलीको महशुल तिर्ने उपभोक्तालाई यस अघि नेपाल विद्युत प्राधिकरणले दिने गरेको छुट सुविधा कटौती गरेको छ तर विजुलीको महशुल निर्धारित समयभन्दा ढिलो तिर्ने उपभोक्ताबाट लिने गरेको दण्ड जरिजाना शुल्क भने कायमै रहेको अबस्था छ’, एक उपभोक्ताले अलगपथलाई बताए ।

यता नेपाल विद्युत प्राधिकरणको सैंबु उपशाखाका कर्मचारीहरु भने आफूहरुले नियम अनुसार काम गरिरहेको बताउछन् तर कतिपय उपभोक्ताहरु भने समयमा विद्युत महशुल तिर्ने सेवाग्राहीले पाउने विद्युत महशुलको छुट सुविधा कर्मचारीले मिलेर खाने गरेको आशंका व्यक्त गर्छन् ।

यता नेपाल विद्युत प्राधिकरणले अग्रिम जानकारी नदिई जतिबेला पायो त्यतिबेला झ्याप्प झ्याप्प बत्ती काट्ने समस्याले काठमाडौं उपत्यका लगायतका नागरिकहरु समस्या झेल्दै आएका छन् ।

सैंबु आवास क्षेत्रका दुई उद्यन सर्वसाधारणका लाागि बन्द

ललितपुरको सैंबु आवास आसपासका दुई उद्यन (PARK) सर्वसाधारणका लागि बन्द गरिएको स्थानीयबासी बताउछन् । पहुँचवाला व्यक्तिले चाहेको समयमा भने ती उद्यनको गेट खोलेर उनीहरु त्यहाँ बस्ने गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ । उद्यन सञ्चालनको जिम्मा लिएको सैंबु आवास उपभोक्ता समितिका अध्यक्ष मनोज भट्टलाई ती दुई उद्यन सर्वसाधारणका लागि बन्द गर्नुको कारणबारे जानकारी लिन अलगपथले सम्पर्क गर्न प्रयास गरेपनि सफल हुन सकेन ।

Leave a Reply