भोलिबाट डिजेल र मट्टितेलको प्रति ली.को मूल्य ४/४ रुपैयाका दरले घट्ने

भोलि विहान १ बजेबाट डिजेल र मट्टितेलको खुद्रा मुल्य प्रति लीटर ४/४ रुपैयाको दरले घट्ने नेपाल आयल निगम लि.ले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको पेट्रोलियम पदार्थको मुल्यसूचीमा पेट्रोलमा प्रति ली. रु.१/५१ र एल.पी . ग्यासको प्रति सिलिण्डर रु.९३/६० का दरले मुल्य बढेको र डिजेल प्रति ली.रु.३/६३ का दरले मुल्य घटेर आएको सो निगमले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

Leave a Reply