विभिन्न ११ वटा ट्रेड युनियनले सरकारले गरेको श्रमिकको तलव भत्ता बढाउने निर्णय अवैज्ञानिक र श्रमिकमारा रहेेको भन्दै सो नििर्णण सच्याई त्यसलाई श्रमिक मैत्री बनाउन माग गरेका छन् । उनीहरुले आज संंयुक्त प्रेस विज्ञप्ति जारी गरि श्रमिकहरुको हित विपरीतका ऐन नियम संशोधन गरी श्रमिक मैत्री बनाउन , श्रमिकको हित विपरीत कार्य हुन नदिन तथा सरकारी र निजी क्षेत्रका श्रमिकहरु बीचको सेवा सुविधामा भइरहेको विभेद हटाउन माग गरेका छन् ।






