कतार फिफा विश्वकपमा पेनाल्टी सुट आउटमा स्पेनलाई हराएर मोरोक्को क्वाटर फाइनल प्रवेश

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकाउट चरणको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा स्पेनलाई हराएर अफ्रिकन टोली मोरोक्को ३६ वर्षपछि पहिलो पटक क्वाटर फाइनल प्रवेश गरेको छ । केही बेर अगाडि कतारको एजुकेशन स्टेडियममा सम्पन्न समूह ‘एफ’को विजेता मोरोक्को र समूह ‘ई’को उप-विजेता स्पेन बीचको खेलमा निर्धारित समय र थप गरिएको ३० मिनेटको समयमा दुबै टोलीले गोल गर्न सकेनन् , जसका कारण खेल पेनाल्टी सुट आउटमा धकेलियो । पेनाल्टी सुटआउटमा स्पेनका सबै खेलाडीको पेनाल्टी प्रहार मोरोक्कोका गोल रक्षकले रोकेर गोल हुन दिएनन् । यता स्पेनका गोलरक्षकले पनि मोरोक्कोका १ खेलाडीको पेनाल्टी प्रहार रोकेपनि मोरोक्कोका बाँकी ३ खेलाडीको पेनाल्टी प्रहार सफल भयो ।

खेलमा हावी देखिएपनि स्पेनले पेनाल्टी सुटआउट सदुपयग गर्न नसक्ता स्पेन नकाउट चरणबाटै बाहिरियो ।

खेलमा विजयी मोरोक्कोले क्वाटर फाइनल खेल अहिले १२:४५ बजे हुने पोर्तुगल र स्वीट्जरल्याण्ड बीचको विजेता टोलीसँग खेल्ने छ ।

Leave a Reply