कतार फिफा विश्वकपमा भरे राती अर्जेन्टिना र क्रोएसिया बीच सेमी-फाइनल खेल हुने

नेपाली समय अनुसार भरे रातीबाट कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमी फाइनल चरण खेल शुरु हुदै छ । भरे राती १२:४५ बजेबाट २ पटकको फिफा विश्वकप विजेता अर्जेन्टिना र सन् २०१८ को फिफा विश्वकप फुटबलको उप-विजेता क्रोएसिया बीच पहिलो खेल हुदैछ । लिग चरणको पहिलो खेलमा साउदी अरैबियासँग पराजित भएपनि त्यसपछिका सबै खेलमा अर्जेन्टिना विजयी भएको छ भने यो विश्वकपको लिग चरणमा मोरोक्कोसँग पराजित भएको क्रोएसिया त्यसपछिका सबै खेलमा अपराजित छ । सन् १९७८ र सन् १९८६ मा फिफा विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिना सन् १९९० र सन् २०१४ को फिफा विश्वकप फुटबलको फाइनलमा जर्मनीसँग पराजित भएको थियो तर सन् २०१४ मा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई उत्कृष्ट खेलाडी घोषणा गरी गोल्डेन बल प्रदान गरिएको थियो । यता सन् २०१८ को फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्ससँग पराजित भएको थियो क्रोएसिया तर त्यसबेला कोएसियाका लुका मड्रिडलाई उत्कृष्ट खेलाडी घोषणा गरी गोल्डेन बल प्रदान गरिएको थियो । सो विश्वकपको लिग चरणमा क्रोएसियासँग ३-० गोल अन्तरले पराजित भई उप-विजेता बनेर नकाउट चरण प्रवेश गरेको अर्जेन्टिना नकाउट चरणको खेलमा ४-३ गोल अन्तरले फ्रान्ससँग पराजित भएको थियो ।

भरे रातीको सेमी फाइनल खेल जितेर फाइनल प्रवेश गर्ने योजनामा अर्जेन्टिना र क्रोएसिया प्रयत्नशील रहनेछन् । उनीहरु सो खेल जित्ने रणनीति पनि बनाइरहेका छन् । अर्जेन्टिनाका ३५ वर्षीय मेस्सी र क्रोएसियाका ३७ वर्षीय मड्रिडको यो विश्वकप सम्भवत: अन्तिम विश्वकप हुने धेरैको अनुमान छ । त्यसैले यी दुबै खेलाडी आ-आफ्नो देशलाई फाइनल चरण पु-याउन प्रयत्नमा हुनेछन् ।

यही मंसिर ४ गतेबाट कतारमा शुरु भएको २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत हुने ६४ मध्ये ६० खेल सम्पन्न इसकेका छन् ।

Leave a Reply