कतार फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको समीकरण पूरा भएको छ । क्वाटर फाइनल चरणमा पोर्तुगल , नेदरल्याण्ड, फ्रान्स, इङ्ल्याण्ड, क्रोएसिया गरी युरोपका ५ देश , ब्राजिल र अर्जेन्टिना गरी दक्षिण अमेरिकी महादेशका दुई देश र अफ्रिकी मुलुक मोरक्को प्रवेश गरेका छन् । लिग चरणबाट विजेता बनेका जापान बाहेकका ७ वटा देशले प्रतिस्पर्धी टोलीलाई हराएर क्वाटर फाइनल पुग्दा समूह ‘ई’ को विजेता जापान भने समूह ‘एफ’को उप-विजेता क्रोएसियासँग पेनाल्टी सुटाउटमा पराजित हुन पुग्यो । यो विश्वकपको नकाउट चरणमा प्रवेश गरेका उत्तर अमेरिकी महादेशबाट संयुक्त राज्य अमेरिका , अफ्रिकाबाट सेनेगल तथा एसियाबाट जापान , दक्षिण कोरिया तथा एसियाकै तर्फबाट खेलेको अष्ट्रेलिया र युरोपबाट पोल्याण्ड, स्वीट्जरल्याण्ड र सन् २०१० को फिफा विश्वकप फुटबल विजेता बनेको स्पेनले नकाउट चरण पार गर्न सकेनन् ।

नकाउट चरण पार गरेका नेदरल्यण्ड र अर्जेन्टिना , बेल्जियम र फ्रान्स , ब्राजिल र क्रोएसिया तथा पोर्तुगल र मोरक्को बीच क्वाठर फाइनल चरणका खेल हुनेछन् ।

Leave a Reply